ताेटक छन्द (गजल)
अझ तृप्ति कहाँ भुमराहरुको।
कति बग्नु थियो छहराहरुको ।।
नभमा सुखपूर्वक उड्छ चरा ।
तर हुन्छ व्यथा विचराहरूको ।।
मृत भै दुख तैपनि छुट्छ कहाँ ।
कति ठोकिनु थ्यो नगराहरुको ।।
चल हर्पल जीवन पुग्छ जहाँ ।
जहिँ त्रास थियो खतराहरूको ।।
मुख गर्छ दया मृटु शून्य थियो ।
भनि शब्द कठै र बराहरूको ।।