Thursday, March 27, 2014

मधुसूदनको एउटा गजल

मधुसूदन पराजुली
उस्कै यादमा तड्पेँ भन्दै बस्ने बानी छैन मेरो ।कल्पनाको दबदबेमा फस्ने बानी छैन मेरो ।।जत्ति लुट्नु मजा लुट्छु वर्तमान नै काफी लाग्छ ।भूत भविष्यत् चराई मनलाई डस्ने बानी छैन मेरो ।।जुन काम पनि खुली गर्छु लुकी छिपी हुन्न केही ।चुकुल लगाई घरभित्रै पस्ने बानी छैन मेरो ।।जे गर्दा नि विचार गर्छु पछि चिन्ता पर्छ भनी ।भूल सम्झी छाँगाबाट खस्ने बानी छैन मेरो ।। मान्छे हेरी आदर माया दुवै गर्न सिकेको छु ।बेटो भन्छ सोझै चिप्लो घस्ने बानी छैन मेरो ।।
सिन्धुकोट, सिन्धुपाल्चोक


मुक्तकहरु


सागर खनाल


तिम्रै लागि एकअर्कामा खिचातानी हुनसक्छ
यसमा धेरै दोषी तिम्रो जवानी हुन सक्छ ।
आफ्नो कुरा आफैँसँग राख्यौ भने मात्र
नत्र धेरै नराम्रो कुराकानी हुनसक्छ ।।

गाढा माया मधुरो बनाउँछ दुनिया
विचरो भन्दै बबुरो बनाउँछ दुनिया ।
मेरी आमा मरेकै निहुँमा
मलाई किन टुहुरो बनाउँछ दुनिया ।।

नभएको प्रमाण अनि तथ्य बनाउँछ
तथ्यविनाको कुरालाई सत्य बनाउँछ ।।
यो कानुन निष्ठुर भएर त होला
दृश्यपात्रलाई पनि नेपथ्य बनाउँछ ।।

कोपवा–५, कपिलवस्तु

Tuesday, March 25, 2014

महेश साहित्य सङ्गमको दोस्रो अङ्क



महेश साहित्य सङ्गमको दोस्रो प्रकाशन बजारमा आउनै आँटेको छ । प्रतीक्षा गर्नुहोस् ।