Thursday, March 27, 2014

मधुसूदनको एउटा गजल

मधुसूदन पराजुली
उस्कै यादमा तड्पेँ भन्दै बस्ने बानी छैन मेरो ।कल्पनाको दबदबेमा फस्ने बानी छैन मेरो ।।जत्ति लुट्नु मजा लुट्छु वर्तमान नै काफी लाग्छ ।भूत भविष्यत् चराई मनलाई डस्ने बानी छैन मेरो ।।जुन काम पनि खुली गर्छु लुकी छिपी हुन्न केही ।चुकुल लगाई घरभित्रै पस्ने बानी छैन मेरो ।।जे गर्दा नि विचार गर्छु पछि चिन्ता पर्छ भनी ।भूल सम्झी छाँगाबाट खस्ने बानी छैन मेरो ।। मान्छे हेरी आदर माया दुवै गर्न सिकेको छु ।बेटो भन्छ सोझै चिप्लो घस्ने बानी छैन मेरो ।।
सिन्धुकोट, सिन्धुपाल्चोक


No comments:

Post a Comment