Thursday, March 27, 2014

मुक्तकहरु


सागर खनाल


तिम्रै लागि एकअर्कामा खिचातानी हुनसक्छ
यसमा धेरै दोषी तिम्रो जवानी हुन सक्छ ।
आफ्नो कुरा आफैँसँग राख्यौ भने मात्र
नत्र धेरै नराम्रो कुराकानी हुनसक्छ ।।

गाढा माया मधुरो बनाउँछ दुनिया
विचरो भन्दै बबुरो बनाउँछ दुनिया ।
मेरी आमा मरेकै निहुँमा
मलाई किन टुहुरो बनाउँछ दुनिया ।।

नभएको प्रमाण अनि तथ्य बनाउँछ
तथ्यविनाको कुरालाई सत्य बनाउँछ ।।
यो कानुन निष्ठुर भएर त होला
दृश्यपात्रलाई पनि नेपथ्य बनाउँछ ।।

कोपवा–५, कपिलवस्तु

No comments:

Post a Comment