गीतम्
सधैँ सधैँ
उडीरह्यो उडीरह्यो कता कता ।
हवा अजस्र
चल्दछन्, र जिन्दगी छ
बेपता ।।
गुरुत्व
छैन तैपनि सधैँ व्यथा भरेपनि ।
उडीरह्यो
यताउती छ लक्ष्यहीन जीवनी ।।
कि
कस्तुरी सुगन्धमा बढिरह्यो अधीरता ।
न
लक्ष्य भेटियो सखी मिलीरह्यो निरर्थता ।।
सधैँ सधैँ उडीरह्यो...........................
फुली सुगन्ध
छर्नुमा सुकेर साँझ झर्नुमा ।
व्यथा छ
पुष्पको यही रसै नपाई मर्नुमा ।।
मनुष्य,
जीव, दानव,
छ रक्ष यक्ष देवता ।
म देख्न
सक्दथेँ कहाँ अनेकमाझ एकता ।।
सधैँ सधैँ उडीरह्यो.................................
सयौँ
हजार घुम्दछन्, हरेस खान्न
की रवि ।
बुटा
भरेर हेर्दछन् कि जिन्दगी अझै कवि ।।
मशानघाट
मौन छन्, म देख्छु
मात्र सन्नटा ।
म
सोध्दथेँ चितासँग छ जिन्दगी कहाँ बता ।।
सधैँ सधैँ उडीरह्यो..........................
No comments:
Post a Comment